काठमाण्डु– संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ । ‘भारत र संयुक्त राज्य अमेरिका द्विपक्षीय व्यापार सम्झौताका लागि वार्तामा संलग्न छन्,’ नयाँ दिल्लीको वाणिज्य मन्त्रालयले बुधबार साँझ भनेको छ । मन्त्रालयले सम्झौताको ‘चाँडो निष्कर्ष’ तर्फ काम गरिरहेको पनि उल्लेख गरेको छ