अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’ जोडीका रूपमा चिनिन्छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको सफलतासँगै निरुता, उत्तम र अर्का अभिनेता दिलीप रायमाझीको व्यस्तता पनि बढेको थियो । निरुता र उत्तमले त्यसपछि ‘लहना’, ‘उपहार’, ‘चीत्कार’ लगायत फिल्ममा एकसाथ काम गरे । यो जोडीले