मधेश प्रदेशका किसानलाई यतिबेला धान भित्र्याउने चटारो छ । वर्षभरको मेहनत र पसिनाबाट उत्पादन भएको पाकेको धान भित्र्याउन किसानहरू खेतमै व्यस्त देखिएका छन् । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरूले आधुनिक हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिरहेका छन् । हार्भेस्टरको प्रयोगले धान कटानी र दाइँ गर्ने काम सहज र छिटो बनेको छ