अस्ट्रेलियामा दुई युवाको हत्यामा पूर्वप्रहरी अधिकारी दोषी ठहर

  • बिहीबार ११ मंिर २०८३ ०३:३३ AM
सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्सका पूर्वप्रहरी अधिकारी बिउ लामार–कोन्डन दुई युवाको हत्यामा दोषी ठहर भएका छन् । सिड्नीस्थित सर्वोच्च अदालतमा चलेको करिब १० हप्ताको सुनुवाइपछि १२ सदस्यीय न्यायिक समितिले बुधबार उनलाई दुई जनाको हत्या तथा घरमा अनधिकृत प्रवेश गरी चोरी गरेको अभियोगमा दोषी ठहर गरेको हो । दोषी ठहर हुने ३१ वर्षीय लामार–कोन्डनले सन् २०२४ फेब्रुअरी १९ मा सिड्नीको प्याडिङ्टनस्थित जेसी बेयर्डको घरमा पुगेर उनलाई गोली हानेका थिए । त्यसपछि त्यहाँ रहेका उनका साथी लुक डेभिसलाई पनि गोली प्रहार गरी हत्या गरेको अभियोजन पक्षले अदालतमा प्रमाण पेस गरेको थियो । अदालतमा प्रस्तुत ... The post अस्ट्रेलियामा दुई युवाको हत्यामा पूर्वप्रहरी अधिकारी दोषी ठहर appeared first on Kalika Khabar.