३० हजार मेगावाटको लक्ष्य भेट्न नयाँ ऊर्जा नीति ल्याउने तयारीमा सरकार

  • बिहीबार ११ मंिर २०८३ ०९:२१ AM
काठमाडौं। सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ। ऊर्जा मन्त्रालयले तयार गरिरहेको नयाँ ढाँचामा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युतको अनुपात निर्धारण हुनेछ। यसले आगामी दशकमा मुलुकलाई कस्तो प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ। हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त भइरहेको छ। यस्तो उत्पादन प्रणाली वर्षायाममा बढी र हिउँदमा कम हुने भएकाले मौसमी असन्तुलन व्यवस्थापन गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ। यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। तर अहिले सरकारले ३० हजार मेगावाट उत्पादनको लक्ष्य अघि सारेपछि पुरानो अनुपातले दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन गर्न नसक्ने निष्कर्षसहित नयाँ ढाँचा तयार गर्न लागिएको हो। सन् २०१६ मा जारी राष्ट्रिय ऊर्जा संकट निवारण नीति तथा विद्युत् विकास दशक (२०१६–२०२६) ले पहिलोपटक विभिन्न स्रोतबाट विद्युत् उत्पादनको अनुपात निर्धारण गरेको थियो। त्यसमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई ४० देखि ५० प्रतिशत र अर्धजलाशययुक्त आयोजनालाई १५ देखि २० प्रतिशत हिस्सा दिने लक्ष्य राखिएको थियो। पछि १५ हजार मेगावाट उत्पादन लक्ष्यअनुसार तयार गरिएको ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो। सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो।  २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि पीपीए प्रक्रियामा त्यसअनुसार परिवर्तन आएको थियो। त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो। गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा 'टेक एन्ड पे' व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया थप प्रभावित भयो। त्यसपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ। प्राधिकरणका अनुसार हालसम्म ४०४ वटा नदी प्रवाही आयोजनासँग ६ हजार ७१३