भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नगरपालिकास्थित ८४ विद्यालयका ३ हजार २ सय ४५ विद्यार्थी प्रतिस्पर्धी रहेका थिए ।सो प्रतियोगितामा १५ स्वर्ण, १० रजत र ११ कांस्य गरी ३६ पदक जित्दै प्रभात इङ्लिस सेकेण्डरी स्कूलले पहिलो स्थान हासिल गरेको छ । प्रभातलाई पछ्याउँदै १५ स्वर्ण, ९ रजत र ८ कांस्य गरी ३२ पदक जितेको मेधा माध्यमिक विद्यालय दोस्रो भएको छ । त्यसैगरी १३ स्वर्ण, १२ रजत र १५ कांस्य गरी कुल ४० पदक जि