काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक केही दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ । The post कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै appeared first on Kalika Khabar.