नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र राप्ती सोनारी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकार र गाउँपालिकाको समान रु २०–२० लाख लगानीमा भवन निर्माण गरिएको हो