तस्बिर प्रदर्शनीमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

  • बिहीबार ११ मंिर २०८३ ०२:२७ AM
गण्डकी । न्याय, मुक्ति र समानताका लागि नेपाली महिलाले विभिन्न कालखण्डमा गरेका सङ्घर्ष र योगदानलाई झल्काउने तस्बिर प्रदर्शनी पोखरामा आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडको बाराहीघाटमा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्‍याएका नेपाली महिलाका कथा समेटिएका