म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको