काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापा समानान्तर गतिविधि गरिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षप्रति आक्रामक देखिएका छन्। समानान्तर गतिविधि रोक्न चेतावनी दिँदै देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गर्ने स्पष्ट संकेत गरेका छन्।देउवा पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा टुंगो नलागेसम्म आफ्नो महाधिवेशन अभियान नरोकिने अडान लिएको छ। हालै बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको