निजी क्षेत्रलाई पखेटा देऊ

  • बिहीबार ११ मंिर २०८३ ०७:०० AM
प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणको मुख्य उपलब्धि करिब २४० अर्ब रुपैयाँबराबरको विकास सहायता घोषणा रह्यो। बन्दरगाह पहुँच विस्तार, विद्युत् व्यापार, कृषि औद्योगिक पार्क, हवाई सम्पर्क र प्रविधि सहकार्यजस्ता सहमतिले मुलुकको आर्थिक सम्भावनाका नयाँ ढोका उघारेका छन्। अन्तरदेशीय सम्पर्क सञ्जाल र ऊर्जा व्यापार अर्थतन्त्रका मुख्य रक्तसञ्चार हुन्। भ्रमण दलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले यी सहमतिलाई सकारात्मक मान्दै अब तिनलाई रणनीतिक आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा