४ हिमतालको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना

  • बिहीबार ११ मंिर २०८३ ०७:०० AM
काठमाडौं : उच्च जोखिमको सूचीमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना सुरु गरिएको छ। संखुवासभाको लोअर बरुण, सोलुखुम्बुको होंगु–२ र लुम्दिङ तथा मनाङको थुलागी हिमतालको सतह घटाउन लागिएको हो।हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोष (जीसीएफ) को सहयोगमा सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत ४ करोड ९९ लाख ४४ हजार अमेरिकी डलर (करिब ५० मिलियन डलर) रहेको छ। कुल लगानीमध्ये हरित जलवायु कोषले ३ करोड ६१ लाख ६० हजार डलर, नेपाल सरकारले १ क