काभ्रेपलाञ्चोक : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा तत्काल सम्बोधन गर्दै सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिएका हुन् ।उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर पहल तथा फलोअप