यूएईमा टेलिग्राम स्क्यामको जालोमा नेपाली, बैंक खाता प्रयोग गरेर ठगी

  • बिहीबार ११ मंिर २०८३ ०२:०० AM
दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ । विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् । यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो रहेको अनुमान छ । विशेषगरी डिजिटल वित्तीय कारोबारबारे पर्याप्त जानकारी नभएका र अतिरिक्त आम्दानीको खोजीमा रहेका श्रमिकलाई गिरोहल