दोलखामा मतदान केन्द्र व्यवस्थापनको तयारी, १७ केन्द्र पुनरावलोकन हुँदै

  • बुधबार १० मंिर २०८३ १०:०० PM
दोलखा : आगामी निर्वाचनलाई सहज, व्यवस्थित र मतदातामैत्री बनाउन दोलखामा मतदान केन्द्रहरूको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ। जिल्लाका नौवटै स्थानीय तहमा रहेका १७ वटा मतदान केन्द्रको अवस्थाबारे अध्ययन गरी आवश्यकताअनुसार स्थानान्तरण, विभाजन तथा समायोजन गर्ने तयारी गरिएको हो।जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदाताको सहज पहुँच, भौतिक पूर्वाधार र मतदानस्थलको सुरक्षालाई आधार बनाएर केन्द्रहरूको पुनरावलोकन गर्न लागेको हो। कतिपय मतदान केन्द्रमा मतदाताको सङ्ख्या अत्यधिक रहेको, कतिपय स्थ