नरदेवीको १२ वर्षे जात्रा: नेवार समुदायको मौलिक संस्कृति र परम्पराको जीवन्त उत्सव

  • बुधबार १० मंिर २०८३ १०:०० PM
काठमाडौं : काठमाडौंको नरदेवीमा मनाइने ऐतिहासिक श्री ङ्यतभुलु अजिमा (नरदेवी) को १२ वर्षे जात्रा सुरु भएको छ। नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रामा विभिन्न देवीदेवताको मुकुन्डो धारण गरेका देवगणले परम्परागत देवी नाच प्रस्तुत गरिरहेका छन्।मल्लकालदेखि चल्दै आएको विश्वास गरिने यस जात्रामा नरदेवी, कुमारी, भैरव, गणेश, महालक्ष्मीलगायत देवीदेवताको नाच प्रदर्शन गरिन्छ। १२ वर्षे जात्राको विशेष अवसरमा सुथमाजु, महादेव, चण्डेश्वरी, कुमारलगायत देवगणको नाचसमेत देखाइन्छ।जात्रा