तानसेन : १२औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय तानसेन, पाल्पाले जिल्लाका दुई उत्कृष्ट उद्योगीलाई सम्मान गरेको छ।सम्मानित हुनेमा तानसेन नगरपालिका-४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका-६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याल रहेका छन्।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा