पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ ।