काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो। यससँगै प्रहरी महानिरीक्षकमा मनोज केसीले निरन्तरता पाउने भएका छन्।रिट निवेदनमा उठाइएका विषय प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित रहेको तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा संवेदनशील रहेको आदेशमा जनाइएको छ। त्यसैले यस विषयमा दुवै प