काठमाण्डु – प्रतिनिधि सभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो । छलफलका क्रममा कोषका कामकारबाही, उपलब्धि, वर्तमान अवस्था, समस्या तथा