‘विकसित भारत, समुन्नत नेपाल’ : सम्भावना, चुनौती र रणनीतिक यथार्थ

  • बुधबार १० मंिर २०८३ १२:४३ PM
नेपाल र भारतको सम्बन्ध भूगोलले नजिक बनाएको, इतिहासले जोडेको र जनस्तरको सामाजिक-सांस्कृतिक अन्तरक्रियाले विशिष्ट बनाएको सम्बन्ध हो । खुला सीमा, साझा सभ्यता, धार्मिक आस्था, पारिवारिक सम्बन्ध, व्यापार र जनजीवनका अनेक आयामले यी २ देशलाई दक्षिण एसियाका अन्य छिमेकी सम्बन्धभन्दा फरक बनाएका छन् । तर ऐतिहासिक निकटता र सांस्कृतिक आत्मीयता मात्रले आधुनिक राज्यबीचको साझेदारीलाई दिगो बनाउन