काठमाडौं । नेपालमा २०४६ सालको आर्थिक उदारीकरणपछि भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले समस्या भोग्नुपरेको भन्दै निजी क्षेत्रले सरकारसँग तत्काल समाधान खोज्न माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरणका लागि एकपटक विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार काठमाडौंमा