सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतले आईजीपीमा मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नदिएपछि मुद्दाको अन्तिम फैसला