आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे मंसिर १४ मा छलफल

  • बुधबार १० मंिर २०८३ १०:५३ AM
काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारण खुलाएर बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित