३५ वर्षसम्म लिजमा दिएर विराटनगर जुट मिल चलाउने तयारी, रणनीतिक लगानीकर्ता खोजिँदै

  • बुधबार १० मंिर २०८३ ११:१० AM
काठमाण्डु- लामो समयदेखि बन्द रहेको देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा रणनीतिक लगानीकर्ता खोज्न मिल व्यवस्थापनले आशयपत्र (ईओआई) आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहको सक्रियतामा उद्योगलाई पुन: जगाउन लागिएको हो । विराटनगर जुट मिल लिमिटेडले बुधबार