उदयपुर । नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलनअन्तर्गत उदयपुरका पत्रकारहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयअगाडि एक घण्टा धर्ना दिएका छन्। पत्रकारमाथि भइरहेको धरपकड, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारले ल्याउन लागेको प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशको विरोधमा उनीहरूले