काठमाडौं : प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले 'मिस युनिभर्स २०२६' को उपाधि जितेकी छिन्। नोभेम्बर २५ (बुधबार) प्युरोर्टो रिकोको राजधानी सान जुआनमा आयोजित प्रतियोगिताको ७५औँ फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।मिस युनिभर्स २०२५ फातिमा बोशले आफ्नी उत्तराधिकारी ब्यारेटोलाई ताज पहिराइदिइन्। यो जितसँगै जेनिफर मिस युनिभर्सको उपाधि जित्ने इतिहासकै पहिलो विवाहित महिला र आमा बनेकी छिन्। मोडल तथा सामाजिक कार्यकर्तासमेत रहेकी जेनिफर विवाहित हुन् र उनकी एक छोरी छिन्।सन् २०२३ को संस्करणदेखि मिस युन