काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा वस्तु आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।