काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वाद सार्वजनिक गर्न तथा आफ्नो विशेष ‘विन्टर एडिसन’ अभियानबारे जानकारी दिन आज विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नयाँ स्वादहरूको सार्वजनिक प्रदर्शनसँगै मनोरञ्जनात्मक गतिविधि तथा विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि र नयाँ स्वादहरूको अनुभव प्रदान गरिएको थियो।