काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलका छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मङ्गलबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा लडेर ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा नम्बर नखुलेको स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय ... The post छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु appeared first on Kalika Khabar.