खाँदबारी :‘औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ १२ औँ राष्ट्रिय उद्योग दिवस सङ्खुवासभामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्लामा उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आएका ६ जना उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले सम्मान गरेको छ ।उद्यमशीलताको विकास,स्थानीय स्रोतसाधनको उपयोग तथा उत्पादनमूलक व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा खाँदबारी नगरपालिका–५ का सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन