दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको संयुक्त इजलासमा

  • बुधबार १० मंिर २०८३ ०५:२२ AM
काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीको रिटको पेसी न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ। सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। साथै एआईजी डा। मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा गरेको थियो।