स्विस कूटनीतिक प्रमुखलाई ४८ घण्टाभित्र देश छाड्न उत्तर कोरियाको आदेश

  • बुधबार १० मंिर २०८३ ०५:५७ AM
काठमाण्डु– उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो