काठमाडौं । हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रको एक भवनलाई ड्रोनको प्रयोग गरी गरेको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् । मंगलबार साउदी अरबको नागरिक सुरक्षा विभागले रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एक भवनमा हुथी लडाकुहरूले गरेको ‘आतंकवादी हमला’मा ११ जना घाइते भएको जनाएको हो । सुरक्षा विभागले जनाएअनुसार घाइतेहरूमा साउदी अरबका दुई, नेपालका तीन, भारतका दुई र इजिप्टका चार नागरिकहरू रहेका छन् । घाइतेहरूको उपचार भइरहेको छ । घाइतेको पूरा विवरण भने खुलाइएको छैन । रियादस्थित सोही भवनमा पछिल्लो एक हप्तामा भएको यो दोस्रो आक्रमण हो । ... The post रियादमा हुथीको ड्रोन आक्रमण, ३ नेपालीसहित ११ जना घाइते appeared first on Kalika Khabar.