काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति ११:१५ बजे काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।प्रहरीका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाई ल्याएका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट उक