उत्तराखण्डमा भीषण आगलागी : ३३ घर जलेर नष्ट, ५८ परिवार प्रभावित

  • बुधबार १० मंिर २०८३ ११:०० AM
काठमाडौं :  भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको मोरी तहसीलअन्तर्गत पवाणी गाउँमा मंगलबार साँझ भीषण आगलागी हुँदा ३३ वटा घर जलेर खरानी भएका छन्।  आगलागीमा परी स्थानीय पञ्चायत भवन र प्राथमिक विद्यालयसमेत जलेका छन्। पुरोलाका उपजिल्लाधिकारी (एसडीएम) का अनुसार यस घटनामा कुल ५८ परिवार प्रभावित भएका छन् भने गाउँका १३ वटा घर सुरक्षित बचेका छन्। आगलागीमा परी हालसम्म कुनै मानवीय क्षति वा कोही घाइते भएको सूचना नआएको एसडीएमले जानकारी दिएका छन्।  उत्तरकाशीका जिल्लाधिकारी (डीएम)