सुन ६ हजार ५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • बुधबार १० मंिर २०८३ ११:०० AM
काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (मंगलबार) सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो