बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने भएकी छन् । बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताएकी छन् । द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै