दुई देशबीचको सम्बन्ध जति गहिरो हुन्छ, त्यति नै त्यसमा संवादको न्यानोपन र स्पष्टताको आवश्यकता पर्छ। छिमेकसँगको सम्बन्ध केवल नक्सामा कोरिएको भूगोलको साँधसिमानामात्र होइन, यो त इतिहास, संस्कृति, विश्वास र सहअस्तित्वको जीवन्त सेतु हो। हालै सम्पन्न उच्चस्तरीय भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा सौहार्द्रताको नयाँ उज्यालो छरेको छ। हुनुपर्ने भ्रमण भएको छ र वातावरणमा न्यानोपन देखिएको छ, जुन आफैंमा स्वागतयोग्य र सकारात्मक पक्ष हो।भारतसँग हामीले सुमधुर, सन्तुलित र भरोसायोग्य सम्बन्ध राख्नुपर्छ