काठमाण्डु – इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो । बान्टेन प्रान्तको सेराङ जिल्लामा रहेको फोनुसा अगुङ मुलिया कारखानामा शनिबार दिउँसो आगलागी भएको थियो । राजधानी जकार्ताबाट करिब ५० किलोमिटर टाढा रहेको