महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

  • बुधबार १० मंिर २०८३ ०२:३८ AM
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले कुनै पनि राष्ट्रको प्रगति त्यतिबेला मात्र दिगो र अर्थपूर्ण हुने उल्लेख गर्दै महिलाले भयमुक्त वातावरणमा आफ्ना क्षमता, प्रतिभा र सम्भावनालाई पूर्ण रूपमा विकास गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिए । महिला परिवारको आधारस्तम्भ मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि, लोकतान्त्रिक सुदृढीकरण तथा राष्ट्र ... The post महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह appeared first on Kalika Khabar.