काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी देशको आर्थिक विकास सम्भव नहुने बताएका छन्।इजरायली राजदूतावासद्वारा मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रममा मन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत अनुसन्धानमा लगानी गरेकै कारण मरुभूमि मुलुक इजरायल प्रविधि र कृषिमा विश्वकै अग्रणी बनेको उल्लेख गरे।विगत १५ वर्षदेखि आफूले जीडीपीको कम्तीमा एक प्रतिशत अनुसन्धानमा लगाउन आवाज उठाउँदै आएको स्मरण गर्दै मन्त