मिथिला–अवधबीच सेतु बन्दै सरयू–कमला एक्सप्रेस

  • बुधबार १० मंिर २०८३ ०९:०० AM
जनकपुरधाम : भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ।रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा सजिएका बटुकहरू लहरै स्वस्तिवाचन गरिरहेका