नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।