काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो ... The post कस्तो रहला आज दिनभरको मौसम ? appeared first on Kalika Khabar.