असिनाले खोस्यो किसानको वर्षभरिको गाँस

  • बुधबार १० मंिर २०८३ ०८:०० AM
धादिङ : वर्षभरि खेतबारीमा पसिना बगाए। हिउँद, वर्षा र गर्मी नभनी खेतमा खटे। धान रोपे, गोडमेल गरे र बाली पाक्दै गएपछि घर भित्र्याउने दिनको प्रतीक्षामा बसे। खेतमा पहेँलपुर भएको धान हेर्दा उनीहरूलाई परिवारको वर्षभरको खाद्यान्न जोहो हुने विश्वास थियो।केही धान घरमा राख्ने र बाँकी बिक्री गरेर घरखर्च चलाउने योजना पनि थियो। तर, बाली भित्र्याउने तयारी भइरहेका बेला परेको असिनासहितको भारी वर्षाले किसानका ती सबै आशामा ठूलो चोट पुर्‍याएको छ।    १,८१३ रोपनीमा लगाइएको धानबाली नष्ट &