संस्कृति र सभ्यता जोड्ने रेल

  • बुधबार १० मंिर २०८३ ०७:०० AM
नेपालको जनकपुरधाम र भारतको अयोध्या पौराणिककालमै साइनो जोडिएका भूगोल हुन्। नेपालकी सीता र अध्योयाका रामले गाँसेको लगनगाँठोको डोरीले यी दुई ठाउँसहित नेपाल र भारतको सम्बन्ध आजसम्म कसिलो बनाएका छन्।कुटुम्बको यो नाता दुई देशलाई घनिष्ठ नातेदारका रूपमा स्थापित गरेका हुन्। सयौं, सयौं वर्षअघिको यो नाता आज पर्यन्त निरन्तर छ र प्रत्येक विवाह पञ्चमीमा अध्योयाले बरियात पठाउँछ, हामी जनकपुरमा स्वागत, सत्कार गर्छौं। एउटा महान् उत्सव बन्छ विवाह पञ्चमी। पूरापूर जनकपुर नगरी दुलही झैं सिँगारिन्छ। प्राचीन सभ्यताको न