टीएमसीका २० विद्रोही सांसदले बुझाए जवाफ, दल परिवर्तनको निर्णयको बचाउ

  • बुधबार १० मंिर २०८३ ०२:०० AM
काठमाडौँ : भारतको तृणमूल कांग्रेस (टीएमसी) छाडेर नेसनलिस्ट सिटिजन्स पार्टी अफ इन्डिया (एनसीपीआई) मा प्रवेश गरेका २० जना सांसदले लोकसभा सभामुख ओम बिरलालाई आफ्नो जवाफ बुझाएका छन् ।मंगलबार जवाफ बुझाउँदै उनीहरूले पार्टी छाडेर अर्को दलमा प्रवेश गर्ने निर्णयले कुनै पनि संसदीय तथा संवैधानिक प्रावधान उल्लङ्घन नगरेको दाबी गरेका छन् । उनीहरूले आफ्नो निर्णयको बचाउ गर्दै आफूहरूले संविधान र संसदीय नियमको पालना गरेको बताएका छन् ।एनसीपीआई संसदीय दलकी अध्यक्ष काकोली घोष दस्तीदारका अनुसार प्रत्येक सांसदले छुट्टा