देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई गगनको अल्टिमेटम- राजीनामा दिनुस्, नभए विधानअनुसार कारबाही हुन्छ

  • मङगलबार ९ मंिर २०८३ ११:०० PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधानविपरीत कार्य गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई विधानविपरीत गतिविधि नगर्न सचेत गराएका हुन्।उनले शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको सदस्यता लिएमा सम्बन्धित पदबाट राजीनामा दिन आग्रह गरे।'